राजनीति

अन्तर व्यवस्थापिका सङ्घको १७४ औँ महासभा सुरु

अन्तर व्यवस्थापिका सङ्घ(आइपियू)को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

अन्तर व्यवस्थापिका सङ्घ

महासभाको उद्घाटन समारोहलाई गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, अन्तर व्यवस्थापिका सङ्घ (आईपियू)का महासचिव डुराकल पाचेको, संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधि डुराटे पाचेकालगायतले सम्बोधन गर्नुभएको थियो ।

महासभामा नेपालका तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । महासभामा राष्ट्रियसभा सदस्य कुमार दसौँदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार एवं सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायत सहभागी हुनुहुन्छ । महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.