दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पहिलो जित हासिल गरेको छ । बुधबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानम भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक-एक विकेट हात पारे । पोखराले दिएको १४६ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले १६.५ ओभर चार विकेट गुमाएर भेट्टायो ।
ऐरीले ३६ बलमा चार चौका र दुई छक्कासहित अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले इशान पाण्डेले ३७ रन बनए । यी दुईले चौथों विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । त्यस्तै ब्रान्डन म्याकमुलनले २२ रन जोड्दा सैफ अली जैबले १५ रनको योगदान गरे ।
बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल माजनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजे भिड्द दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स आमने सामने हुनेछन् ।




प्रतिक्रिया राख्नुहोस्