जन सरोकार
सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी
कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।
जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्