काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा सुुदूरपश्चिम रोयल्सविरुद्ध ३५ रनको जित निकाल्दै विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
विवादले भरिपूर्ण भएको खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ५ ओभरमा दुई विकेट गुमाउँदै १०५ रनको योगफल खडा गरेको हो । वर्षाले खेल मैदान भिजेपछि खेल बेलुकी ७ः४१ का लागि ५ ओभरमा झारेर खेलाइने निर्णय गरिएको थियो । तर, सुदूरपश्चिमले खेल नखेल्ने भनेपछि खेल एक घण्टा ४० मिनेट पर धकेलिदै राति सवा ९ बजेबाट सुरु भएको थियो ।
त्यस्घी बेलुका ७:२५ मा टस गर्ने र ७:४१ मा खेल सुरु गर्ने तय भएको थियो । तर टसको समयमा विराटनगरका कप्तान सन्दीप लामिछाने तयार भएपनि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी भने टसमा गएनन् ।
विराटनगरका लागि शेहान जयसुर्याले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै कूल ३९ रन बनाए भने लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । त्यस्तै आन्द्रे रसल १० बलमै दुई चौका र तीन छक्कासहित २९ रनमा अविजित रहे । सुदूरपश्चिमको लागि अविनाश बोहराले दुई विकेट लिए ।
विराटनगरले दिएको १०६ रन्को लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा३ विकेट गुमाउँदै ७० रनमात्र बनाउन सक्यो । उसको लागि स्कट कुगलिनले ६ बलमा एक चौका र चार छक्काको मद्दतमा २८ रनमा अविजित रहे भने आरिफ शेखले बलमा दुई छक्का प्रहार गर्दै १७ रनमा नटआउट रहे । विराटनगरको लागि आन्द्रे रसल, एञ्जेलो म्याथ्युजर रुपेश सिंहले समान एक-एक विकेट लिए ।




प्रतिक्रिया राख्नुहोस्