राजनीति

नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सोमबार सभामुख डोलप्रसाद (डिपी) अर्यालसंगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

सन् २०२६ को अगस्टमा रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले आभार व्यक्त गर्नुभयो ।

उहाँले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गर्नुभयो ।

साथै, मानवीय राहत तथा उद्धार प्रयासमा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल स्विस विकास तथा सहयोग निकायका प्राथमिकता प्राप्त देशमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल-स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा प्रकृतिप्रदत्र् हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । ९रासस०

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.