जन सरोकार

विश्व बैंकको सहयोगमा सडक निर्माण

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैंकको आर्थिक सहयोगमा झापाको विर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।

नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताउनुभयो । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

आरपी समता जेभीले २०८० साल वैशाख २६ गते सडक निर्माणको कार्यारम्भ गरेको थियो । तोकिएकै अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गरेको हो । सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.