जापान

नेपाल र जापानको सम्बन्धप्रति जापानी सम्राट खुसी

जापानी सम्राट नारुहितोले नेपाल र जापान दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति आफू खुसी रहेको बताउनु भएको छ ।

सोमबार जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा स्वागत गर्दै सो कुरा बताउनुभएको हो ।

ओहदाको प्रमाणपत्र ग्रहणपछि सम्राट नारुहितोले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत डा. सुवेदीले इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

आफ्नो ओहोदाको पत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गर्नुभयो ।

राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गर्नुभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.