जन सरोकार
पटका पड्काउने क्रममा एक बालकको मृत्यु
पर्सामा पटाका पड्काउने क्रममा एक बालकको मृत्यु भएको छ । जिल्लाको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीका मा पटाका पड्काउने क्रममा परी स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटाका पड्काउने क्रममा छातीमा आगो लागेर बेहोस भएका बालकको वीरगन्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको मृत्युसँगै भारतसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणको विषय पनि चर्चामा आएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्