अर्थ

तीन महिनामा नेपालीले विदेशमा खर्च गरे ५१ अर्ब, विद्यार्थीले मात्र लगे ३३ अर्ब

नेपालको अर्थतन्त्रमा पर्यटनको विशेष भूमिका रहने भनिए पनि यहाँ विदेशी पर्यटकले जति खर्च गर्छन् त्यसको कैयौं गुणा बढी रकम नेपालीले विदेश गएर खर्च गर्ने गरेका छन् ।

यसको प्रमाणका रुपमा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा नेपालीले विदेश भ्रमणमा खर्च गरेको रकमको आँकडा नै काफी छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालबाट कुल विदेश भ्रमणतर्फ ५१ अर्ब ८० करोड बाहिर गएको छ । यसमध्ये शिक्षातर्फको खर्च भने ३२ अर्ब ९२ करोड रुपियाँ छ ।

गत आर्थिक वर्षको सुरुको तीन महिनामा बाहिरिएका रकमको तुलनामा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ७६.१ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको सुरुको तीन महिनामा भ्रमण खर्च २९ अर्ब ४१ करोड रहेकोमा शिक्षामा मात्र १७ अर्ब ८९ करोड बाहिरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.