एन आर एन न्युज

डोटी भूकम्पबाट पीडितलाई एनआरएनएले ५ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिम प्रदेशको डोटीमा गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।

२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।

गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.