राजनीति

काठमाडौंबाट सुदूरपश्चिम पुग्यो वकिल आन्दोलन

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै राजधानीमा गरिरहेको बिरोध प्रदर्शन सुदूरपश्चिमसम्म पुगेको छ ।

आइतबार सुदूरपश्चिमका सबै जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना दिएका छन् ।

जिल्ला बार एशोसिएशनका अध्यक्ष सिद्धराज ओझाले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएसन केन्द्रीय समितिले गरिरहेको विरोधका कार्यक्रममा आफूहरुले ऐक्यबद्धता जनाएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.