जल/वातावरण
मुस्ताङमा हिउँपहिरो स्थानीयको भागाभाग, ९ जना घाइते, एक घर भत्कियो
आइतबार मुस्ताङमा हिउँ पहिरो गएको छ । पहिरो जाँदा एक घर भत्केको छ भने ९ जना घाइते छन् । हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएका हुन् ।

जिल्ला सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो । पहिरोले रत्नदेवी तुलाचनको घर भत्काएको छ ।
हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन् । हिउँ पहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ । १५० भन्दा बढी चौंरी हराइरहेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्