प्रदेशमधेश

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेको लागि आह्वान

मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ः०० बजेदेखि बस्नेगरी आह्वान गरिएको छ ।

मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ः०० बजेदेखि लागू हुनेगरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.