अर्थ

एक हजार एक सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको  ?

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज (सोमबार) सुन तोलामा रु एक हजार १०० चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.