क्रिकेटखेल

कुशाग्र र तिलकको शतकमा भारत ‘ए’ द्वारा नेपाल सामू जितको लागि ३३३ रनको लक्ष्य

कुमार कुशाग्र र कप्तान तिलक वर्माको शतकीय पारीमा राइजिङ स्टार्स एसिया कपमा भारतले नेपाल सामू जितको ३३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कतारको वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दोहामा भएको खेलमा टस हारेर पैले ब्याटिङको निम्तो पाएको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो ।

भारतको लागि कुशाग्रले १०२ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ११७ तथा तिलकले ११३ बलमा ६ चौका र ४ छक्काको मद्दतमा १०७ रनको शतकीय पारी खेले । त्यस्तै सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए भने वैभव सूर्यवंशीले २६ रन बनाए ।

भारत ४२-३ को अवस्थामा हुँदाकुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन-तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिँदा पवन सर्राफको भागमा एक विकेट रह्यो ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् ।

त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् । समूह ‘बी’मा रहेको नेपालले आइतबार यूएई र मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.