आम निर्वाचन २०७९

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले सोही क्षेत्रबाट दोस्रोपटक विजय हाँसिल गर्नुभएको हो ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी हुनुभएको थियो ।

अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गर्नुभएको थियो ।

झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो ।

झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा (एमाले)का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.