विद्युत् सम्झौतामा घाटा हैन तीन अर्ब फाइदा : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएर उल्टै ३ अर्ब फाइदा गरेको दाबी गर्नुभएको छ ।
सोमबार राष्ट्रियसभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले सो दावी गर्नुभएको हो ।
त्यस क्रममा उहाँले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट छ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको छ, यसबाट करिब रु एक अर्ब २० करोड बचत भएको छ ।”
महंगोमा विजुली किनेर कसरी नाफा हुन्छ भन्ने सांसदहरुको प्रश्नको जवाफमा उहाँले प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेको मात्र बताउनुभयो ।
त्यस्तै उहाँले भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क गर्नुभयो ।
सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको बताउँदै मन्त्री घिसिङले राइट डिसिजन राइट टाइममा गरेको स्पष्ट गर्दै आफूहरूले राज्यको पक्षमा रही निर्णय गरेको उनको दाबी गर्नुभयो ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत् आयात अपरिहार्य भएको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्