जन सरोकार

सामाजिक सुरक्षा भत्ताका लागि यस्तो सकस

सरकारले ज्येष्ठ नागरिक तथा शारीरिक अपाङ्ता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । स्थानीय तहबाट वितरण हुँदैआएको सो भत्तामा अनियमितता भएपछि बैङ्कमार्फत भुक्तानी दिन थालिएपछि अर्को समस्या थपिएको छ ।

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् ।

स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि शारीरिक रुपमा अशक्त भएकाहरु बैङ्कसम्म जान नसक्दा कि उनीहरु भत्ता छोड्न बाध्य छन् कि त सकस व्यहोर्दै बैङ्क जान बाध्य छन् ।

तस्वीरमा देखिएको दृश्य बझाङको हो । जिल्लाका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लगिंदैछ ।

सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button