कर्पोरेट/पर्यटन

फैंलदै फ्लाइ दुबईको पोखरा–दुबई उडान (भिडियोसहित)

निर्माण सम्पन्न भएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान गर्न नसकेको मुलुकको पर्यटक राजधानी पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजभोल चहलपहल नै बेग्लै छ ।

विगत दुई महिनायता पोखराबाट दुबईका लागि नियमित व्यावसायिक उडान सुरु भएपछि यहाँको माहोल बदलिएको हो । यो दुई महिनामा १३ हजार ४७४ यात्रुले सेवा लिएका छन् ।

फ्लाइ दुबईले गत सेप्टेम्बर २३ (असोज ७) देखि सुरु गरेको दुबई–पोखरा–दुबई नियमित उडान मार्फत नोभेम्बर २३ (मङ्सिर ७) सम्म उक्त सङ्ख्यामा यात्रुले सेवा लिएका हुन् ।

यस अवधिमा ६१ पटक उडान र ६१ पटक अवतरण गरी कुल १२२ वटा उडान तथा अवतरण (एयरक्राफ्ट मुभमेन्ट) भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महिनाको अवधिमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ रहेको छ । तीमध्ये एक हजार १५४ जना विदेशी नागरिक छन् ।

यसैगरी पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या पाँच हजार ३५९ रहेको छ । तीमध्ये ९९८ जना विदेशी नागरिक छन् । समग्रमा विमानस्थलबाट सेवा लिने यात्रुमध्ये दुई हजार १५२ जना विदेशी नागरिक रहेका छन् । फ्लाइ दुबई पोखराबाट दैनिक एउटा उडान भर्दै आएको छ । यो उडान साँझमा सञ्चालन हुँदै आएको छ ।

महाप्रबन्धक निरौलाले पोखराबाट सुरु भएको अन्तर्राष्ट्रिय उडान सफलतापूर्वक सञ्चालन भइरहेको र यात्रुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो ।

दुबईबाट पोखरा आउने र पोखराबाट बाहिरिने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको उल्लेख गर्दै उहाँले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र दीर्घकालीन बनाउन सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.