अर्थकृषिबिशेष

बजारको अभावमा धनकुटा राम्चेका चिया बगान झाडीमा परिणत हुँदै (भिडियो)

नेपालको निर्यातजन्य कृषि उत्पादनमध्ये चिया महत्त्वपूर्ण वस्तु हो। नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाउँदै लगेको छ।

खेती विस्तार, उत्पादन वृद्धि, गुणस्तरीय प्रशोधन र बजार प्रवर्द्धन गर्न सके नेपाली चियाको निर्यात सम्भावना अझ फराकिलो छ। तर अन्तर्राष्ट्रिय बजारमा माग र सम्भावना हुँदाहुँदै किसानले उत्पादन बिक्री गर्न बजार नपाउने र उचित मूल्य नपाउने समस्या भने कायमै छ।

यसको उदाहरण धनकुटाको राम्चे क्षेत्रका चिया बगान हुन्, जहाँ बजार अभाव र प्रशोधन उद्योग बन्द भएपछि किसानले लगाएका चिया बोटहरू संरक्षणविहीन हुँदै झाडीमा परिणत हुन थालेका छन्।

राम्चेका किसानले चिया खेतीलाई आम्दानीको स्थायी स्रोत बनाउने अपेक्षासहित लगानी गरेका थिए। स्थानीय सहकारीमार्फत चिया प्रशोधन उद्योग सञ्चालन हुँदा किसानले हरियो पत्ती बिक्री गर्ने अवसर पाएका थिए।

तर उद्योग बन्द भएपछि किसानको उत्पादनले बजार पाउन छाड्यो। प्रशोधन उद्योग सञ्चालनमा अनियमित विद्युत् आपूर्ति, जेनेरेटर चलाउँदा लाग्ने इन्धन खर्च र आर्थिक अभावजस्ता समस्या बाधक बने। उद्योग पुनः सञ्चालन गर्न बजेट अभाव रहेको स्थानीय तहले जनाएको छ।

राम्चेमा झाडी बन्दै गरेका चिया बगान नेपाली चिया क्षेत्रको सम्भावना र कमजोरी दुवैको प्रतीक बनेका छन्। विश्व बजारमा नेपाली चियाको पहिचान बढिरहेको बेला स्थानीय किसानले आफ्नै उत्पादन बेच्न नसक्नु बजार व्यवस्थापन, प्रशोधन र नीतिगत सहयोगमा रहेको खाडल हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.