जन सरोकार
स्रोत नखुलेको रकमसहित नेपाली र विदेशी नागरिक पक्राउ
काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ५० लाख ५० हजार, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिरामसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र काठमाडौँ ठमेल बस्ने चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैबीच, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोट स्रोत नखुलेको भारतीय रूपैयाँ पाँच लाख ५० हजारसहित भारत कोशीनगर धौडादी कप्तानगन थाना सिरायोपाली बस्ने ४५ वर्षीय सन्तोष सिंह पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलहीया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । (रासस)



प्रतिक्रिया राख्नुहोस्