जन सरोकारस्वास्थ्य

भेरियन्ट ‘ओमिक्रोन’ परीक्षण गर्न नमूना बेलायत पठाइयो, अफ्रिकी नागरिकलाई नेपाल आउन प्रतिबन्ध

दक्षिण अफ्रिकाबाट फैलिन सुरु गरेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा प्रवेश गरेको छ कि छैन भन्ने पत्ता लगाउन ७५० नमुना बेलायत पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयका सूचना अधिकारी एवम् सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन भित्रिएको छ कि छैन भन्ने बारेमा बुझ्नको लागि उक्त नमुनाहरु पठाइएको बताउनुभयो ।

उहाँका अनुसार नेपालबाट जिन सिक्वेन्सिङ्का लागि नमुनाहरु त नियमित रुपमा पठाइँदै आएको छ । तर,पछिल्लो नयाँ भेरियन्टको त्रास बढीरहेको बेला अलि बढी नमुनाको परीक्षणका लागि पठाइएको हो ।

टेकुस्थित केन्द्रीय प्रयोगशालामा पनि केही नमुनाहरु परीक्षण गर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । केही दिनमा रिपोर्ट आएपछि मात्र नेपालमा नयाँ भेरियन्टको अवस्था के छ रु भन्न सकिने डा. अधिकारीले बताउनुभयो ।

यसै गरी सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ । अफ्रिकी महादेशबाट त्यहाँका नागरिक कूटनीतिक, अफिसियल र आपतकालिन कामबाहेक अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेश गर्न पाउने छैनन् ।

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस विश्वका कतिपय देशमा भेटिइसकेको छ । यो प्रजाति कडा खालको भाइरस भएकाले सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.