जन सरोकार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुक्रबार साँझ करिब ५ः०० बजे जनकपुरबाट औरहीतर्फ जाँदै गरेको ज६प ७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक औरही गाउँपालिका–३ निवासी वासुदेव महराका ३५ वर्षीय छोरा लालबाबु महरा गम्भीर घाइते हुनुभएको थियो ।

घटनालगत्तै प्रहरी टोलीले उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकामा अस्पताल पुर्‍याएपछि चिकित्सकले साँझ ५ः३४ मिनेटमा मृत घोषणा गरेको नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

मृतकको शव प्रादेशिक अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.