आम निर्वाचन २०७९

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो ।

पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नं १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.