क्रिकेट

जनकपुरले फेरि गर्यो कप्तान परिवर्तन टस जितेर ब्याटिङ गर्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को साविक विजेता जनकपुर बोल्ट्सले दोस्रोपटक कप्तान परिवर्तन गरी लुम्बिनी लायन्स बिरुद्ध मैदानमा उत्रेको छ ।

लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको छ । जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल साह, दुई खेल वायन पार्नेलले कप्तानी गरेका थिए भने आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् ।

कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । लगातार खराब प्रदर्शन गरिरहेको जनकपुरले पाँच खेलबाट हालसम्म तीन अङ्क मात्रै जोडेको छ । ‘प्लेअफ’को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब जनकपुरलाई छ ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् ।

यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ । जितेको खण्डमा चार अङ्क हुनेछ । त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.