राजनीति

देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु : प्रचण्ड

भावी सरकारको नेतृत्वको दावी गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताउनुभएको छ ।

बुधबार कास्कीको पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ ।’

त्यसै गरी उहाँले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको जानकारी दिंदै भन्नुभयो, यो निर्वाचनबाट केहि नयाँ राजनीतिक दल जन्मिएका छन् । नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्छ ।

निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दुबै दिएको बताउँदै उहाँले सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केही दिन आवश्यक रहेको र सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हितमा लाग्ने विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.