अर्थ

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि उखु किसानलाई भुक्तानी दिने

उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

सरकारले किसानको भुक्तानी नदिने चिनी मिलका संचालकलाई पक्राउ गर्न आदेश दिइसकेको र प्रहरी प्रधान कार्यालयले सोही अनुसारको निर्देशन मातहतलाई दिइसकेको जानकारी सार्वजनिक भैरहेका बला सो मिलले शुक्रबारबाट भुक्तानी दिन सुरु गर्ने जनाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.