जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । ललितपुर महानगरपालिका-१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौं कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रौतहट, इशनाथ नगरपालिका-६ बस्ने २८ वर्षीय लालु राउत आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै पर्सा, जगरनाथपुर गाउँपालिका-२ दसौता टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.