राजनीति

प्रचण्ड-नेपाल १३८ सांसदको हस्ताक्षरसहित संसद विघटनबिरुद्ध सर्वोच्चमा जाने

सत्तारुढ नेपाला कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु प्रतिनिधिसभाको बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनबिरुद्ध सर्वोच्चमा जान हस्ताक्षर संकलमा जुटेका छन् । बहुमतका लागि प्रतिनिधिसभामा १३८ सांसद हुनुपर्नेछ ।

यसअघि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । यसको सुइँको पाएर अर्को कदम चाल्नुअघि नै संसद विघटनको सिफारिश गरिएका थियो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ९०मध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भए पनि प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य थालिएको छ । त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श भैरहेको छ । सोमबार नै नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठकको आयोजना गरेको छ ।

सम्बन्धित खबर

Back to top button