राजनीति

प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठकमा गौतम र थापा अनुपस्थित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी ओली समूहको बैठक सकिएको छ र सो समूहले आफू नै आधिकारिक नेकपा भएको र आउँदो मंसिरमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

बैठकमा नेकपाका ४४७ केन्द्रीय सदस्यमध्ये बैठक पुस्तिकामा ३१० जनाले हस्ताक्षर गरेका छन् । यो संख्या केन्द्रीय कमिटीको दुई तिहाई हो । यद्यपि बैठकमा दुई प्रभावशाली नेता उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने दुबै समूहको बैठकमा उपस्थित हुनुभएको छैन ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।

सम्बन्धित खबर

Back to top button