राजनीति

विपद्मा रेडक्रसको भूमिका अतुलनीय : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपद्का समय निःस्वार्थ भावनाले मानवीय सेवामा सक्रिय रेडक्रसकर्मीको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

मन्त्री आचार्य

नेपाल रेडक्रस सोसाइटी ४१ औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुई दिने गोष्ठीको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै मन्त्री आचार्यले रेडक्रसका स्वयंसेवक सरकारको सहयोगी बनेर देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको बताउनुभयो ।

मन्त्री आचार्यले रेडक्रसका समिति तथा सदस्यमा युवापुस्तालाई बढीभन्दा बढी संलग्न गराउन सकेमा यसको प्रभावकारिता र क्रियाशीलता अझ बढ्दै जाने पनि बताउनुभयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा देशैभरिबाट तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.