राजनीति

निर्वाचन आयोग जुट्यो तयारीमा : मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि शुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपी, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वाेच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ ।

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । निर्वाचनसम्बन्धी ऐन कानूनले व्यवस्था गरेअनुुरुप त्यस्तो काम विधि र प्रकृयाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन ।

तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धाणका लागि मस्यौदा तयार गरिसकेको छ । उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिमरुप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुुभयो ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको छ । उक्त निर्वाचनका लागि केकस्ता क्रियाकलाप गर्नुुपर्छ, त्यसका लागि कति जनशक्ति केकति समय परिचालन हुुन्छ र त्यसमा केकस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निक्र्योल गर्नुुपर्ने भएकाले आयोगले बजेट अनुुमान गर्ने काम भइरहेको बताइएको छ ।

विगतका निर्वाचनकै विधि प्रकृया र क्रियाकलाप गरिने भएपनि कति मात्रमा जनशक्ति परिचालन गर्छौँ, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, केकस्ता सामग्री प्रयोग गर्छौँ भन्नेसँग बजेट निर्धारण हुने उहाँले बताउनुुभयो । यद्यपी, अघिल्लो आमनिर्वाचनमा रु सात अर्बको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुुने अनुुमान छ ।

अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुुपर्ने भएकाले केही खर्च थप लग्ने अनुुमान गरिएको छ । बजेट तर्जूूमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुुरोध गर्ने छ । निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ । त्यससम्बन्धी विवरणप्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ ।

सवारी साधन, मेसिनरी औजारको सङ्ख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ । त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युुटर, फोटो कपि, फयाक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि तत्तत् कार्यालयबाट मागी रहेको छ ।

निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिलाई विद्यमान, ऐन कानूनका आधारमै निर्वाचन हुने भएपनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुुपर्ने छ । सो कार्य शुुरु भएको छ ।

निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूूचना प्रकाशित गर्ने, दलसँग अरु कार्यमा सर–सल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्ने सम्मका कार्य हुनेछ । त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरूपमा गर्ने छ । निर्वाचन आयोगमा हाल १३० भन्दा राजनीतिक दल दर्ता छन् । मतदातको सङ्ख्या भने एक करोड ५४ लाखको हाराहारीमा छ ।

निर्वाचनलाई व्यवस्थित र मर्यादित तुुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पु¥याउनुपर्छ भनी प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले विगतका निर्वाचनमा आयोगमा रही अनुुभव हासिल गरेका सञ्चार तथा सूूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चार माध्यमका प्रदाधिकारीसँग राय, सुुझाव र सल्लाह लिनुुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.