जापान

‘लफी’ संदिग्धहरूको स्मार्टफोन डाटा रिकभर गर्न कठिन

जापानमा चोरी तथा डकैती लगायतका अपराधका मुद्दाहरुमा भर्खर आएको लहरलाई ‘लफी’ केस भनेर चिनिन्छ । डकैतीमा संलग्नहरुले सामाजिक सञ्जाल मार्फत आकर्षक तलब दिने पार्टटाइम पैदल सैनिकको रूपमा भर्ती गरेर वृद्धहरू लक्षित डकैती गर्ने गरेका छन् ।

स्मार्टफोन

डकैतीको ठूलो सञ्जाल नै सक्रिय भएको पाइएपछि यसको सञ्जाल तोड्न उनीहरुले प्रयोग गरेका मोबाइल तथा ट्याबहरुबाट डाटा रिकभर गर्नु आवश्यक भए पनि सो कार्य निकै मुस्किल हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

हालै मात्र डकैतीको आरोप लागेका चारजनालाई फिलिपिन्सबाट सुपुर्दगी भएपछि उनीहरुको फोन र ट्याब रिकभर गर्ने कार्यमा डिजिटल फोरेन्सिक विज्ञहरूले त्यस्ता यन्त्रको डाटा रिकभर आरापीमाथि मुद्दा चलाउन महत्त्वपूर्ण हुने भए पनि यो अत्यन्त गाह्रो हुने बताएका छन् ।

फिलिपिन्सको अध्यागमन अधिकारीहरूले जापानी अधिकारीहरूलाई लगभग १५ वटा स्मार्टफोनहरू र मनिलामा संदिग्धले प्रयोग गरेको ट्याब्लेटहरू उपलब्ध गराएपछि टोकियोको मेट्रोपोलिटन पुलिस विभागले ती डिभाइसहरुबाट मेटाइएका डाटा पुनः प्राप्ति गर्न काम गरिरहेको छ ।

जापानभर चोरीको शृङ्खलाका संदिग्ध आरोपीहरूबाट बरामद गरिएको एक दर्जनभन्दा बढी स्मार्टफोनहरूबाट मेटाइएको डाटा पुनः प्राप्त गर्न अनुसन्धानकर्ताहरू कोसिस गरिरहेका छन् ।

अधिकारीहरुले केही यन्त्रहरूमा लगभग कुनै डाटा नभएको पाएपछि यो फ्याक्ट्री रिसेटबाट मेटाइएको हुनसक्ने आशंका गर्दै यस्ता डाटालाई रिकभर गर्न जटिल डिजिटल फोरेन्सिक आवश्यक पर्ने बताएका छन् ।

टोकियोलाई कार्यक्षेत्र बनाएको डिजिटल फोरेन्सिकमा विशेषज्ञता फर्म यू एन्ड आई एडभाइजरीका निर्देशक सिगेट्सुगु यामाडाले यस्ता डाटा पुनर्स्थापना गर्न निकै गाह्रो हुने बताउनुभएको छ ।

यामाडाका अनुसार, प्रयोग गरिएको फोनको प्रकार अनुसार कठिनाईको स्तर फरक हुन्छ । अझ आईफोनबाट डाटा रिकभर गर्न लगभग असम्भव हुने र एन्ड्रोइड उपकरणबाट डाटा रिकभर गर्नु पनि अत्यन्त जटिल हुन्छ ।

किनभने मनिलाबाट सुपुर्दगी गरिएका चार संदिग्धहरूले प्रयोग गरिरहेको मोबाइल फोन तथा ट्याबहरुबाट डिजिटल ट्रेसहरू नछोड्न निकै होसियार रहेका थिए । यस्तै होसियारी जापानभित्रै पक्राउ परेका आरोपीहरुले पनि अपनाएका छन् ।

रित्सुमेइकन युनिभर्सिटीको कलेज अफ इन्फर्मेशन साइन्सका प्रोफेसर र डिजिटल फोरेन्सिकका विशेषज्ञ तेत्सुतारो उहेराले कम्प्युटरमा भएका फाइलहरूभन्दा स्मार्टफोनमा मेटिएका फाइलहरू पुनः प्राप्ति गर्न सामान्यतया धेरै गाह्रो हुने बताउनुभयो ।

उहेराका अनुसार जबसम्म प्रयोगकर्ताहरूले क्लाउड नेटवर्कहरूमा आफ्ना फाइलहरू ब्याकअप गर्दैनन्, उनीहरुको सम्पर्क र गतिविधिमाथि पहुँच प्राप्त गर्ने सम्भावना कम हुनेछ भन्नुभयो । उहाँ भन्नुहुन्छ, स्मार्टफोन यन्त्र हेरेर मात्रै क्लाउडमा डाटा ब्याकअप भएको हो भनेर थाहा हुँदैन, त्यसैले (प्रहरीले) शंकास्पद व्यक्तिबाट पत्ता लगाउनुपर्छ ।

उहाँ यो पनि अनुमान गर्नुहुन्छ कि संदिग्धहरू डाटा मेटाउन वा ब्याकअप नराख्न होसियार छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यदि तिनीहरूले डाटा मेटाउने प्रयास गरे पनि ब्याकअप सहित सेल फोन प्रणालीहरू, क्लाउडमा लिङ्कहरू जटिल हुने भएकाले डाटा कहाँ राखिएको छ भन्ने कुरामा संदिग्धहरू अभ्यस्त हुँदैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.