राजनीति

कुवेतमा मृत्यु भएका तीन नेपाली श्रमिकबारे जानकारी लिँदै मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताउनुभएको छ ।

उहाँले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिनुभएको हो । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको मन्त्री अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँले कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो ।

गत मङ्गलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ सानो भर्याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।

मन्त्री अर्यालले कुवेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.