राजनीति

नेपालीको असन्तुष्टि ओली सरकारसँग हो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पक्षधरहरुको प्रदर्शनमा जनताको आकर्षण बढ्नुको कारण लोकतन्त्रको विकल्प खोजेर नभई ओली सरकारसंगको असन्तुष्टिका कारण रहेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का डा. भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि ओली सरकारसंग रहे पनि लोकतन्त्रप्रति नभएको स्पष्ट पार्नुभएको हो ।

भारतमा एक औपचारिक कार्यक्रममा सहभागी हुन त्यहाँ रहनुभएका उहाँले नेपालमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने र राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट गर्दै सो कुरा बताउनुभएको हो ।

भट्टराईले जनता ओली र देउवा सरकारप्रति असन्तुष्ट छन्, लोकतान्त्रिक प्रणालीप्रति होइन भन्दै काठमाडौंमा हालै भएको राजतन्त्र पक्षधर प्रदर्शनले पर्याप्त राजनीतिक समर्थन नपाएको पनि बताउनुभयो ।

भट्टराईले अहिलेको सरकारप्रति बढ्दो असन्तुष्टि हुँदाहुँदै पनि तत्काल सरकार परिवर्तनको सम्भावना न्यून रहेको र परिवर्तन भए पनि गुणात्मक परिवर्तन हुने सम्भावना नरहेको बताउनुभयो ।

अन्तरवार्ताका क्रममा डा. भट्टराईले भन्नुभयो, “नेपाल अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड भन्ने तीन नेताको चक्रमा फसेको छ। आर्थिक विकास निकै सुस्त भएको कारण युवाहरु निराश छन्। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले हामी नयाँ मोर्चा गठन गर्दैछौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.