सदूरपश्चिममा कोरोना संक्रमित बढ्दै, शनिबार थपिए चारजना
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार पाँचजनामा संक्रमण पुष्टि भएको थियो भने पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले शनिबार संक्रमण पुष्टि भएका सबै भारतबाट आएका पुरूष रहेका जानकारी दिनुभएको छ ।
समाचार अनुसार त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । संक्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।” यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।




प्रतिक्रिया राख्नुहोस्