स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सले क्रिकेट इतिहासमै पहिलो पटक तेस्रो सुपर ओभर खेलेर नयाँ कीर्तिमान बनाएका छन् ।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो ।
तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो ।
यसअघि क्रिकेटमा कुनै पनि खेल तेस्रो ओभरसम्म पुगेको थिएन । सन् २०२४ मा भारत र अफगानस्तानबीचको खेल दोस्रो सुपर ओभरसम्म पुगेको थियो ।
तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्डससँग पराजित




प्रतिक्रिया राख्नुहोस्