राजनीति

रविलाई पञ्चायतकालभन्दा खराब व्यवहार : डा. भट्टराई

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछाने कारागारमा पञ्चायतकालकोभन्दा खराब अवस्थामा राखिएको बताउनुभएको छ ।

बिहिबार लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेपछि डा. भट्टराईले पञ्चायतकालमा समेत नरोकिएको पत्रिका समेत पढ्न नदिएको खुलासा गर्नुभएको हो ।

नयाँ शक्तिको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले बिहान लामिछानेलाई भेट्नुभएको हो ।

भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै डा. भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो । बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ ।’

उहाँले यसबारे सम्बन्धित ठाउँमा कुरा राख्ने बताउँदै लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने पनि बताउनुभयो ।

त्यस क्रममा डा. भट्टराईले जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको बताउँदै उहाँले रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.