राजनीति

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमति आपत्तिजनक : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुला गर्ने सहमतिप्रति आपत्ति जनाउनुभएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिंदै भट्टराईले भारत र चीनको यस्तो कदमप्रति आपत्ति जनाउनुभएको हो ।

भट्टराईले नेपाललाई बेवास्ता गरेर गरिएको सहमति ‘गम्भीर चिन्ता र चासोको विषय’ भएको बताउनुभयो । उहाँले पहिलेदेखि नेपालले दावी गर्दै आएको, भारतले समेत विवादको विषय स्वीकारेको र चीनले नेपालसंग परामर्श गरेर मात्र निर्णय गर्ने भन्दै आएको भनिएको यो विषयमा दुई ठूला छिमेकीले पुनः एकतर्फी सहमति गर्नु नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिको ठूलो चुनौति हो ।

त्यस्तै भट्टराईले यस विषयमा नेपाल सरकारले गम्भीरतापूर्वक राष्ट्रिय हितको पक्षमा आवश्यक कुटनीतिक र राजनीतिक कदम चल्न आग्रह गर्नुभएको छ ।

चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । यता परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालले सो भूमि नेपालको अखण्ड भू-भाग रहेकाले दुई मुलुकलाई कुनै क्रियाकलाप नगर्न आगह गरेको छ । त्यस्तै मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको पुनः स्मरण गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.