राजनीति
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गरेको छ ।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सरुवा गरेको छ । तत्कालीन मन्त्रिपरिषद्ले गत चैत ११ मा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।
सरकारले कार्यकारी निर्देशकबाट हटाएको पाँच महिनापछि घिसिङ ऊर्जा मन्त्री बनेलगत्तै शाक्यलाई सरुवा गरी सो पदमा सिलवाललाई नियुक्ति दिलाउनुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्