क्रिकेटखेल

टी-२० अन्तरराष्ट्रिय महिला क्रिकेट : तेस्रो खेलमा नेपाल पराजित

मलेसियाविरुद्धको टी-२० अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ््याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।

यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुईदुई विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.