बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा अल्बासेटेलाई २-१ ले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अराउजोले गोल गरे भने अल्बासेटेका लागि जाभी मोरेनोले सान्त्वना गोल गरे । अल्बासेटेको घरेलु मैदानमा भएको खेलमा खेलको ३९ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलको दोस्रो हाफको ५६औं मिनेटमा अराउजोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८७औं मिनेटमा अल्बासेटेका लागि मोरेनोले एक गोल फर्काएपनि त्यो टोलीको हार टार्न पर्याप्त रहेन र खेल बार्सिलोनाले २-१ ले आफ्नो पक्षमा पर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो ।




प्रतिक्रिया राख्नुहोस्