राजनीति
सर्लाही ४ मा गगनसंग मतान्तर बढाउँदै अमरेश
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासंग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले मतान्तर बढाउँदै जानुभएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गर्नुभएको छ भने गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गर्नुभएको छ ।
उहाँहरूबीच १ हजार १३३ को मतान्तर रहँदा तेस्रो स्थानमा ४१० मत सहित नेकपा एमालेका उम्मेदवार अमनिश यादव रहनुभएको छ भने चौथोमा १२८ मत प्राप्त गरेर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले छन् ।





प्रतिक्रिया राख्नुहोस्