राजनीति

डोटीमा नेपाली कांग्रेसका खड्का विजयी

एकमात्र निर्वाचन क्षेत्र रहेको डोटी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.