राजनीति

जेनजी जाँचबुझ आयोग प्रतिवेदन : सरकारी अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरी युवाहरूको ज्यान गएको भन्दै तत्कालीन सरकारी अधिकारीहरूलाई कारवाही गर्न जेनजी जाँचबुझ आयोगले सिफारिस गरेको हो ।

आयोगले गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुत्तराज थापा र काठमाडौँका तत्कालीन सिडिओ छविराज रिजाललाई मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम कारबाही लागि अभियोजन गर्न सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनमा भनिएको छ, “यी पदाधिकारीहरूकै हेलचेक्र्याइँपूर्ण काम कारबाही कारणले किशोर किशोरीहरूको समेत ज्यान मर्न मराउन गएकोमा यी पदाधिकारी माथि मुलुकी अपराध संहिताको १८२(१) अनुसार कानुन बमोजिम अनुसन्धान तहकिकात गरी गराई अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ ।”

यो दफा अनुसार दोषीलाई तीन वर्षसम्म कैद र तीस हजार सम्म जरिवाना हुने र उपदफा (१) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ,” अपराध संहिताको दफा १८२(२)मा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.