राजनीति

एमालेद्वारा जेनजी आन्दोलनका घटना छानबिन गर्न छुट्टै आयोग गठनको माग

गत भदौमा भएको जेनजी आन्दोलनका समयमा सरकारको नेतृत्वमा रहेको नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि शनिबार विहान बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सो माग गरेकको हो ।

एमालेले आफ्नाा अध्यक्ष र पूर्व गृहमन्त्री रमेश रेखकको गिरफ्तारी गैरसंवैधानिक रहेको भन्दै जेनजी आन्दोलनको पुनः छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।

अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।

अध्यक्ष ओली पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको छानबिन निष्पक्ष नरहेको निष्कर्ष पार्टीले निकालेको बताउँदै यसआधारमा एमालेले छुट्टै आयोग गठन गर्न माग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.