अर्थकृषि

सात गाउँको दूध संकलन गरेर खुवा उद्योग संचालन, मासिक १२ लाख कमाई (भिडियो)

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका वडा नं. ५ गोपेका निरोज स्ह्याङबाले गाउँमा नै खुवा उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मोटरबाटो र विजुली बत्तिको सुविधा पुगेपछि गाउँमा नै दूध संकलन गरी खुवा उद्योग सञ्चालन गरेर आम्दानी गर्न थालेका हुन् ।

उहाँले गोपेमा ‘म्हावर कृषि दूध संकलन केन्द्र’ मार्फत खुवा उद्योग सञ्चालन गर्दै आउनुभएको छ । गाउँभरिका दूध संकलन गरी खुवा बनाउने र विक्रीका लागि बनेपा लगायतका बजारमा लैजाने गरेका छन् । उद्योगबाट मासिक करिब १२ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।

उहाँले विगत एक वर्षदेखि उद्योग सञ्चालन गर्दै आउनुभएको छ । केन्द्रमा दैनिक ४०० लिटर दूध संकलन गरी करिब ५० धार्नी खुवा उत्पादन हुन्छ, जुन बनेपा लगायतका बजारमा बिक्री गरिन्छ । उहाँले गाउँका सात जनालाई रोजगारी समेत दिएका छन् ।

गाउँमा सडक र बिजुली पुगेपछि व्यवसाय सञ्चालन गर्न सम्भव भएको हो । यसले पछिल्लो समयमा गाउँमै बसेर पनि मेहेनत गरे राम्रो आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने राम्रो उदाहरण दिएको छ ।

डाँडापारिस्थित महाभारत गाउँपालिका हुँदै बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने ‘पिन्थली, रजबास–चारकिल्ला,–देवीटार घर्तिछाप गोकुले तालढुंगा भोर्लेनी झुरझुरे हुँदै हेटौडा’ जोड्ने जनमुक्ति मार्ग निर्माणको काम अगाडी बढेसंगै यहाँका बासिन्दालाई दैनिक जीवनयापनमा सहजतादेखि उद्योग सञ्चालनमा ठूलो टेवा गरेको छ ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.