ओपनर आसिफ शेखको कीर्तिमानी दोहोरो शतकको मद्दतमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश सामू जितको लागि ३ सय ९१ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
जारी प्रतियोगितामा एपिएफले पिएम कपको इतिहासमा सर्वाधिक ठूलो योगफल तयार गरेको हो । पर्साको विरगञ्जमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९० रन बनायो ।
एपिएफका लागि ओपनर आसिफले १४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार अविजित रहँदै सर्वाधिक २सय ८ रनको दोहोरो शतक बनाए । पिएम कपको इतिहासमा आसिफ पहिलो पटक २०० रन बनाउने पहिलो खेलाडी बने । त्यस्तै कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै सन्दीप जोराले ४२ बलमा चौका र २ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेल्दा दिपक बोहोराले १३ र लोकेश बम २१ रनमा अविजित रहे । मधेशका लागि रुपेश सिंहले तीन विकेट लिँदा रञ्जित कुमारको भागमा एक विकेट रह्यो ।




प्रतिक्रिया राख्नुहोस्