जन सरोकार

घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाट लगियो

थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । घरटहरा हटाइएपछी आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।

काठमाडौँ महानगरपालिकाले परिवारको अभिभावक नै नभएको बुझिएपछि राधास्वामी सत्संग लगिएको जानकारी दिएको छ । ‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाएको हो । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले राससलाई जानकारी दिनुभयो ।

सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथलीका सुकुमबासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुमबासी पहिचान भएपछि उहाँहरूलाई अस्थायी बसोबासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानानतरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिनुभयो । “समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ”, उहाँले भन्नुभयो ।

यसैबीच, मनोहराका सुकुमबासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.