गल्छी–रसुवागढी सडकको अतिक्रमित संरचनामा डोजर चल्यो (भिडियोसहित)
गल्छी–रसुवागढी सडक योजना कार्यालय मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्र अतिक्रमण गरेर बनेका संरचनाहरु बल प्रयोग गरेर हटाउन थालिएको छ ।
सडकका दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने घरटहरा सहितका भौतिक संरचना हटाउन आयोजना कार्यालयबाट दिएको सूचना अवधिमा अटेर गरेका संरचनामा शनिबारदेखि डोजर लगाएर हटाउन थालिएको हो ।
गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णराज ओझाका अनुसार सडक पहुँचभित्रका संरचनाको नियमअनुसार क्षतिपूर्ति रकम लिएर हटाउन सहमति जनाए पनि अटेर गरेका संरचनालाई बलप्रयोग गरेर भत्काउनथालिएको हो । ती संरचनाको सङ्ख्या व्यक्तिगत ८६ घरटहरा सहित एक दर्जन सरकारी तथा संघसस्थाको संरचना रहेका छन् ।
घरटहरा हटाउन आयोजना कार्यालयको आग्रहमा विदुर नगरपालिकाको दुईथान डोजर र प्रशासनमार्फत आवश्यक सुरक्षा उपलब्ध गराइएको छ ।
शनिबारदेखि जिल्लाको मुख्य बजार क्षेत्रमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमित संरचनाहरु भत्काउन थालिएको हो । तीन दिनभित्र नुवाकोट जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य लिएको योजना प्रमुख ओझाको भनाई छ ।
उहाँले भन्नुभयो, “सडक पहुँचक्षेत्रका संरचना खाली नहुदाँ अन्तराष्ट्रिय राजमार्गको रुपमा विस्तार भइरहेको सडकको रोकिएको निर्माण कार्य सुरु गर्न सहजहुनेछ । केही दिनभित्रै साइट क्लियर गरेर निर्माण व्यावसायीलाई काम थाल्न निर्देशन दिनेछौ ।”
धादिङको गल्छीबाट नुवाकोटको विदुर हुदैँ चीनसंगको नाका रसुवागढी पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकताप्राप्त सहित राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार थालिएको छ ।
तर, नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन भएको ढिलाईका कारण योजनाको काम सुरु गरेको दश वर्षसम्म अधुरै रहेको छ । बजार क्षेत्रमा बल्लकाम सुरु गर्न थालिएको हो ।
विसं. २०७२ मा मन्त्रिपरिषद्ले चीन–नेपालर भारत त्रिदेशीय राजमार्गको सबैभन्दा छोटो दुरीको अन्तराष्ट्रिय राजमार्गको रुपमानिर्माण गर्ने निर्णय सहित काम थालिएको थियो ।





प्रतिक्रिया राख्नुहोस्